सुन–चाँदीको मूल्यमा ठूलो वृद्धि, सुन तोलामा २,३०० रुपैयाँ बढ्यो>
Action

सुन–चाँदीको मूल्यमा ठूलो वृद्धि, सुन तोलामा २,३०० रुपैयाँ बढ्यो

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २,३०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम थियो। शनिबार महासंघले मूल्य तोक्ने अभ्यास नगरेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदी आइतबार बढेर २ हजार ३५० रुपैयाँ पुगेको छ।

मुद्राको मूल्य वृद्धिसँगै सुन–चाँदीमा लगानी गर्ने वा किनबेच गर्ने व्यक्तिहरूले सतर्क रहनु पर्ने देखिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart